धादिङ भाद्र १३ । धादिङबेसी स्थित चिल्ड्रेनपार्क बोर्डिङ र सिपि कलेजले तीज गीत नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
नेपाली हिन्दु महिलाहरुको विशेष पर्व तीजको अवसरमा भएको उक्त नृत्य प्रतियोगितामा प्याब्सन केन्द्रिय उपाध्यक्ष एवम् सिपि कलेज व्यवस्थापन समिति अध्यक्ष शान्तविक्रम बानियाँ, चिल्ड्रेनपार्क बोर्डिङ व्यवस्थापन समिति अध्यक्ष विनोदमान श्रेष्ठ, पत्रकार राजेन्द्र प्रताप शाह लगायतको आतिथ्यता रहेको थियो ।
चिल्ड्रेनपार्क बोर्डिङ र सिपि कलेजमा अध्ययनरत विद्यार्थीहरुले भाग लिएको उक्त प्रतियोगितामा प्रथम द्वितिय तृतिय र सान्तोना टिमलाई नगद सहित प्रमाण पत्रले पुरस्कृत गरिएको थियो ।
दिपा ठकुरी, पपिला तामाङ, नविना पोखरेल, मुना गुभाजु, उषा गुरुङ र वजस्वी दुवाडी रहेको टिम प्रथम भएको थियो ।









