
धादिङ भाद्र १२ । गृहमन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ ।
यो सँगै धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय ललितपुर र मकानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ धादिङ सरूवा भएका छन् ।
गृह मन्त्रालय अन्तर्गत कर्मचारी प्रशासन कार्यालयका नारायण खत्रीका अनुसार सहसचिव र उपसचिवहरुको सरुवा भएको हो ।

