बलत्कारको आरोपमा गजुरीका रविन श्रेष्ठ पक्राउ

Avatar photo
Dhadingpost
भदौ १२, २०७६

धादिङ भाद्र १२ । काठमाडौ कलंकीमा एक किशोरीलाई बलत्कार गरेको आरोपमा धादिङ गजुरी १ का रविन श्रेष्ठ पक्राउ गरेको छन् ।

दैलेख घर भएकी १७ वार्षिय किशोरीलाई २३ वर्षिय रविन र धादिङ कै अर्का ३० वर्षिय मदन थापा मिलेर बलत्कार गरेका थिए,  श्रेष्ठ पक्राउ परे, मगरलाई खोजि रहेको प्रहरीले बताएको छ ।

कलंकीको एक होटलमा काम छ भन्दै लगेर बलत्कार गरेको उजुरीको आधारमा रविन पक्राउ परेको र थापाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।