नेपाल र भुटान बीचको खेल आज दिउँसो

Avatar photo
Dhadingpost
भदौ १२, २०७६

अमृत तामाङ
भाद्र १२ ।
साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत बिहीबार अन्तिम लिग खेलमा नेपाल र भुटान बीच हुँदै छ ।

नेपाली समय अनुसार दिनको १२:१५ बजे नेपाल र भुटान बीच हुन लागेको हो, फाइनलमा पुग्न नेपाललाई भुटानविरुद्ध जित आवश्यक छ । प्रतियोगिताबाट बाहिरिसकेको भुटानका लागि आजको खेल प्रतिष्ठाको भिडन्त हुनसक्छ, जुन खेल नेपालका लागि घातक पनि बन्न सक्छ ।

मंगलबार भएको खेलमा बंगलादेशविरुद्ध जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । साविक विजेता समेत रहेको बंगलादेशलाई नेपालले ४-१ को फराकिलो अन्तरले पराजित गरेको थियो । बंगलादेश र‌ नेपालको समान ६-६ अंक भएपनि हेड टु हेडमा नेपाल अगाडि रहेको छ ।

यद्यपि त्यसविपरित नतिजा निस्किए नेपाल लिग चरणबाटै बाहिरिने खतरा समेत छ । तर पनि भारतले बंगलादेशलाई र नेपालले भुटानलाई हराउने सम्भावना प्रबल छ । त्यसैले पनि फाइनलमा उपाधिका लागि भारत र नेपाल नै भिड्ने धेरैको अनुमान पनि छ ।