
धादिङ भाद्र १२ । धादिङको गजुरी गाउँपालिका स्थित गैरी गाउँमा स्थानीयले लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।
प्रहरीले २ सय ५० रोपनीमा लगाइएको उक्त अवैध गाँजा खेती बुधबार फडानी गरि नस्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख राज कुमार बैदवारको नेतृत्वमा गएको टोलीले गाँजा खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोलामान सिंहले जानकारी दिए ।
विगत केहि वर्ष देखि यो मौषममा प्रहरीले दक्षिणी धादिङको माथिल्लो भेगमा आय आर्जनको लागि लगाईएको गाँजा खेती नस्ट गर्दै आई रहेको छ । उक्त क्षेत्रमा गाँजा मात्र खेती हुने र यस्को विकल्प नदिई नस्ट गरिनु जनपक्ष्यि काम नभएको स्थानीयहरुले बताउने गरे पनि नेपालको कानुनले गाँजालाई अवैध लागुऔषधमा राखेकोले प्रहरीले नस्ट गर्दै आएको छ ।

