
धादिङ भाद्र । धादिङको गल्छी गाउँपालिका स्थित महेशदोभानमा हुने “तिज विशेष बृहत साँस्कृतिक कार्यक्रम २०७६” मा राष्ट्रिय कलाकारहरु आउने भएका छन् ।
वैरेनि युवा समुहको आयोजनामा भाद्र १६ गते हरितालिका तिजको दिन हुन लागेको उक्त तिज विशेष बृहत साँस्कृतिक कार्यक्रममा चर्चित लोक गायक पुस्कल शर्मा, गायिका शान्ति श्री परियार, शिशिर भण्डारी लगायतका राष्ट्रिय कलाकार आउने बैरेनीबाट श्रीराम खतिवडाले धादिङपोष्टलाई बताए ।
खतिवडाका अनुसार धादिङ जन्मघर भएर राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाएका कलाकारहरु हिमाल घले, मिना बुढाथोकि, बलबहादुर गुरुङ र कमला गैरे लगायतका कलाकारहरुको समेत सहभागि हुने छन् ।

