एड्भान्सले विद्यार्थीलाई आलुचप बनाउन सिकायो

Avatar photo
Dhadingpost
भदौ १०, २०७६

धादिङबेसी भाद्र १० । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले विद्यार्थीलाई प्रयोगात्मक रुपमा आलु चप बनाउन सिकाएको छ ।

छात्राहरुलाई लैङ्गिक हिंसाको वर्तमान अवस्था र यसको न्यूनिकरणका लागि किशोरी शिक्षा विषयक अन्तर पुस्ता संवाद कार्यक्रम सहभागि गराएको एड्भान्सले कक्षा ६ देखि १० सम्मका छात्र विद्यार्थीलाई भने सोमबार प्रयोगात्मक शिक्षा अन्तरगत आलु चप बनाउन सिकाएको हो ।

प्रयोगात्मक शिक्षा अन्तरगत विद्यार्थीले बनाएका आलुचप कक्षा नर्सरी देखि १० सम्मका करिब आठ सय विद्यार्थीहरुलाई खाजाको रुपमा बाँडिएको एड्भान्स एकेडेमीका एशोसिएट प्रिन्सिपल भिम श्रेष्ठले धादिङपोष्टलाई बताए ।

व्यवहारिक शिक्षाको अभ्यास अन्तरगत केहि दिन पहिला एड्भान्स एकेडेमी सामाजिक विभागले कक्षा ७ देखि कक्षा १० सम्म अध्ययनरत छात्रहरुलाई बाबियोको डोरी बाट्न, सालको पातबाट खोरी, दुना, बोहता र टपरी लगाउन, सिकाउँदै व्यवहारिक शिक्षाको अभ्यास गराएको थियो।

बाबियोको डोरी बाट्न, सालको पातबाट खोरी, दुना, बोहता र टपरी लगाउन, सिकाउँदै व्यवहारिक शिक्षाको अभ्यास

यस्तै लैङ्गिक हिंस न्यूनिकरण सम्बन्धी कार्यक्रममा सहयात्री समाज नेपालकी निर्देशक राधिका सापकोटा र गायत्री खतिवडाले सहजीकरण गरेका थिए ।