विकासले गति लियाे -तुलाधर

Avatar photo
Dhadingpost
भदौ ७, २०७६

धादिङ भाद्र ७ । पुर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले मुलुक समृद्धितर्फ उन्मुख भएको बताएका छन् । अब सरकारकाे कामले गति लिन सुरुगरेकाे बताउँदै सरकारकाे आलाेचनामा समय नखर्चन समेत आव्हान गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नीकट धादिङ–पोखरा जनसम्पर्क मञ्चको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि समेत रहेका तुलाधरले सरकारकाे बचाउ गरेका हुन् ।

कार्यक्रममा नेकपा नेता रामबहादुर भण्डारीले विगतका सबै कुरा भुलेर पार्टी एकता ऐतिहासिक काम भएकाले यसमा कोही कसैले चित्त दुखाउन नपर्ने बताए । उनले पार्टीका लागि त्याग र बलिदान दिन सक्नु नै कार्यकर्ताको धर्म भएको भन्दै पद नपाउँदैमा कोही रिसाउन नहुने भन्दै कुन्ठा र पुर्वाग्रह राख्नेहरुकाे दादागिरी धेरै समय नटिक्ने बताएका थिए ।

मञ्चका संयोजक वीरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक रेशम सिंखडा, सचिव कृष्ण धरेल, नेताहरू वेनी पाठक, रामकृष्ण दुवाडी, ईश्वरकुमार श्रेष्ठ, सरस्वती श्रेष्ठ सरु लगायतले बोलेका थिए ।