
धादिङ भाद्र ७ । समाजवादी पार्टी नेपाल, धादिङ-काठमाडौ सम्पर्क सम्यन्त्रको अध्यक्षमा अनिल अधिकारी चयन भएका छन् ।
काठमाडौं स्थित ए वान पार्टी प्यालेसमा शनिबार बिहान भएकाे भेलाबाट धादिङ-काठमाडौ सम्पर्क सम्यन्त्रको अध्यक्षमा अधिकारी चयन भएका हुन् ।
भेलाका प्रमुख अतिथि एवम् समाजवादी पार्टीका उपमहासचिव डम्बर खतिवडाले पार्टी धुर्बिकरन प्रक्रिया निरन्तर जारी राख्दै आगामी चुनाबमा देशको नेतृत्व गर्ने शक्तिका रुपमा स्थापित हुने कुरामा सबैलाई आश्वस्त हुन आग्रह गरेका थिए ।
अरु पार्टीको भ्रष्ट चरित्रको कारण देशले निकाश दिन नसकेको हुनाले त्यसको विकल्पकाे रुपमा समाजवादी पार्टीकाे उदय भएकाे समेत खतिवडाले दावी गरे ।
२७ सदस्यीय धादिङ-काठमाडौ सम्पर्क सम्यन्त्र गठन गरेकाे उक्त भेलामा विभिन्न पार्टी परित्याग गरि समाजबादी पार्टीमा प्रवेश गर्ने नव प्रवेसीलाई प्रमुख अतिथी खतिवडाले खादा लगाएर स्वागत गरेका थिए ।

