
धादिङ भाद्र ७ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले पालिका स्तरीय अन्तरमावि स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
गाउँपालिका भित्र रहेका ११ वटा माध्यामिक विद्यालयहरुले भाग लिएको उक्त प्रतियोगितमा चन्द्रोदय मा वि बेनिघाटमा अध्ययनरत हिमला बयलकोटि प्रथम भएकी छिन् ।
“गुणस्तरीय शिक्षामा स्थानीय सरकारको भुमिका विषयक ” वक्तृत्वकला प्रतियोगितामा भाग लिएका २० जना विद्यार्थी मध्य दितिय स्थान हासिल गर्नेमा पुष्पा मैनाली बागेश्वरी मावि, तृतीय अपेक्षा खनाल ब्राईट फ्युचर र सान्त्वना मनिषा बि.क. हर्कपुर मावि भए । (तस्वीरः कल्पना सिलवाल)
नतिजा
प्रथम : हिमला बयलकोटी, चन्द्रोदय मावि बेनीघाट 69.6
द्वितीय: पुष्पा मैनाली, बागेश्वरी मावि रिचोकटार 68.6
तृतीय: अपेक्षा खनाल, ब्राईटफ्यूचर बोर्डिङ मलेखु 68.0
सान्त्वना: मनिषा बिक, हर्कपुर मावि , हर्कपुर 67.6

