
धादिङ भाद्र ७ । धादिङको नीलकण्ठ नगरपालिका ८ कमेरेहिटीमा ड्राइभिङ एण्ड प्रि टेस्ट स्कुल संचालनमा आएको छ ।
कार, मिनिबस, मिनिट्रक, जे.सी.भी., मोटर साईकल र स्कुटरको ड्राइभिङ सिकाउने गरी ३ जना युवाहरु मिलेर ड्राइभिङ स्कुल संचालनमा ल्याएका हुन् ।
बिहान ५ बजेबाट सुरुभई बेलुका ७ बजे सम्म कक्षा संचालन हुने यस ड्राइभिङ स्कुलमा आफ्नो अनुकुलतामा प्याकेजका आधारमा न्यून शुल्कमा ड्राइभिङ सिक्न सकिने राजकुमार श्रेष्ठले धादिङपोष्टलाई बताए । हामीले कुल २६ लाख लगानीमा मापदण्ड अनुसारको ट्रेनिङ सेन्टर संचालनमा ल्याएका छौ हामीले जसले यहाँ ड्राइभिङ सिकि सकेपछि लाईसेन्सको लागि सहज हुने स्कुलका म्यानेजर समेत रहेका श्रेष्ठले बताए ।
दक्ष प्रशिक्षकबाट ९० प्रतिशद प्राक्टिकल र १० प्रतिशद थ्यौरीको कक्षा दिन्छौ प्रशिक्षक कोर्डिनेटरको भुमिकामा अनुभवि प्रशिक्षक सिताराम कुमाल छन् श्रेष्ठले भने ।
४ वटा ट्याक्सी, २ वटा बाईक र २ वटा स्कुटीबाट एकै पटक सिकाउन सकिने यस स्कुल माघ देखि संचालनमा आए पनि कानुनी प्रक्रिया पुरा गरी संचालनमा आएको ४ महिना भएको प्रशिक्षक कोर्डिनेटर कुमालले बताए ।

