एड्भान्समा कृष्ण जन्मनाष्ठमी (फोटो फिचर)

Avatar photo
Dhadingpost
भदौ ६, २०७६

धादिङ भाद्र ६ । एड्भान्स एकेडेमी धादिङबेसीले साना नानी बाबुहरुलाई कृष्णको अभिनय गर्न लगाई कृष्ण जन्मनाष्ठमी मनाएको छ ।

धार्मिक एवम् साँस्कृतिक पर्वको रुपमा मनाईने जन्मनाष्ठमीमा एड्भान्स एकेडेमीले साना नानी बाबुहरुलाई मनोरन्जनात्कम तवरले कृष्णको अभिनय गर्न लगाउँदै जन्मनाष्ठमी मनाएको हो ।

विद्यार्थीहरुलाई हाँडी फुटाउने खेल खेलाईएको थियो भने, कृष्णको बाल्यकालको दहि चोर्ने आचरण राधा सँगको मेल बाँसुरीको धुनका विषयमा अभिनय गर्न लगाईएको एशोसिएट प्रिन्सिपल भिम श्रेष्ठले धादिङपोष्टलाई बताए । (धादिङपोष्टका लागि तस्वीर सौजन्य एडभान्स एकेडेमी)