
धादिङ भाद्र ६ । सिद्धलेक गाउँपालिकाका किसानहरुमा पशुपालन व्यवसायले आम्दानी सँगै व्यवहार परिवर्तन भएको बताईएको छ ।
सिद्धलेक गाउँपालिका, हेफर ईन्टरनेशनल नेपाल र प्रयास नेपालको साझेदारीमा संचालित सिद्धलेक साना किसान सवलिकरण कार्यक्रम परियोजना कार्यान्वयन तथा अनुगमन समितिका को वैठकमा उक्त कुरा बताईको हो ।
सिद्धलेक गाउपालिकाको वडा नं १ देखि ७ सम्म १२ वटा मुल समूह र ४७ वटा उपहार समूह गरि ५९ समूह मार्फत सामाजिक पुजि बृद्रि तथा साना पशु बाख्रापालन गरि आयआर्जन बढाउने संचालनमा रहेको छ ।
परम्मरागत रुपमा बाख्रापालन गर्दै आएका किसानहरुले सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम संचालन पछि स्बबलम्बी समूहमा आबद्ध भई व्यवसायिक बाख्रापालन थालनी गरेका पाईएको वडा नंं ४ का वडाध्यक्ष रामहरि बराकोटीले बताए ।
किसानहरुले समूह समूहमा बाखा, बोका उत्पादन बृद्धि भएसँगै बजारीकरणमा पनि सहकारी मार्फत बिक्री तौल गरेर बेच्न पनि थालेकोले आम्दानीको स्रोत बृद्धि गर्न मद्दत पुगेको प्रयास नेपालका कारर्यकारी निर्देशक दामोदर अर्यालले उक्त वैठकमा बताए ।
वैठक हेफर ईन्टरनेशनल नेपाल र प्रयास नेपालको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम र अक्सफामको साझेदारीमा संचालित पुर्णिामा परियोजना कार्यान्वयन तथा अनुगमन समितिका संयोजक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

