धादिङमा रबि लामिछानेकोे समर्थनमा र्याली

Avatar photo
Dhadingpost
भदौ ५, २०७६

धादिङ भाद्र ५ । पत्रकार रबि लामिछानेलाई प्रहरीले हिरासतमा राखेको बिरोध गर्दै धादिङबेसीमा विरोध प्रदर्शन भएको छ ।

न्युज २४ टेलिभिजनको सिधा कुरा जनतासगँका प्रस्तोता रहेका पत्रकार लामिछानेलाई प्रहरी पत्रकार शालिकराम पुडासैनी घटनाको छानविनका लागी भन्दै प्रहरीले पक्राउ गरे सँगै धादिङमा पहिलो पटक विरोध पर्दशन भएको हो ।

र्यालीमा सहभागीले पत्रकार लामिछाने दोषी देखिए कार्बाही होस्, विभिन्न बाहानामा फसाउने कार्य नहोस् भन्दै नारा लगाएका थिए । उनीहरुले नेपालको राष्ट्रिय झण्डा सहित “आइ एम विथ रबि लामिछाने“ लेखिएको प्ले कार्ड बोकेका थिए ।

धादिङबेसीको र्यालीमा प्राध्यापक, जनप्रतिनिधि लगायत युवा स्वतस्फुर्त रुपमा सहभागि भएका थिए । र्याली धादिङबेसी पुछारबजारबाट सुरुहुँदै बीचबजारमा गएर समापन भएको थियो ।