
धादिङ भाद्र ५ । धादिङका ज्ञाइन्द्र श्रेष्ठले राधाकृष्ण मन्दिर संचालनार्थ नगद ११ लाख १ हजार ११ रुपैयाँ प्रदान गरेका छन् ।
सर्वोच्च अदालतका पूर्व न्यायधिस समेत रहेका धादिङबेसीका ज्ञाइन्द्र श्रेष्ठ उनका छोरा अधिवक्ता नारायण कुमारको तर्फबाटले शान्तबजारमा रहेको राधा कृष्ण मन्दिर संचालनको लागि अक्षयकोषमा राख्ने गरी उक्त नगद बिहिबार हस्तान्तरण गरेका हुन् ।
४० वटा भन्दा बढी कानुनि पुस्तकहरु प्रकाशन गरि सकेका पूर्व न्यायधिस श्रेष्ठले किताव वेचेर आएको रकम मन्दिरलाई प्रदान गरेको धादिङपोष्टलाई बताए ।
मन्दिरका संरक्षक समेत रहेका श्रेष्ठले राधा कृष्ण मन्दिर आफै बनाई दिएका थिए । उक्त मन्दिर व्यवस्थापनमा सहजता होस् भनेर यो रकम प्रदान गरेको हुँ शुक्रबार परेको जन्माष्टमीका लागि समेत श्रेष्ठले नगद २० हजार सहयोग गरे ।

किन गरे त्यत्रो नगद रुपैयाँ मन्दिरलाई सहयोग ?
भिडियो
