हराएको नगद सहित सामाग्री फेला

Avatar photo
Dhadingpost
भदौ ५, २०७६

धादिङ भाद्र ५ । धादिङको नीलकण्ठ नगरपालिका १२ का इन्द्रबहादुर राउतको हराएको नगद ५४ हजार ९ सय ७५ रुपैयाँ सहितको सामाग्री फेला पारि प्रहरीले हस्तान्तरण गरेको छ ।

काठमाण्डौबाट माईक्रो बसमा सोमबार धादिङबेसी आएका राउतको धादिङबेसी पुछारबजारमा गाडीबाट झरे सँगै हराएको उक्त नगद सहितको सामाग्री गस्ती प्रहरीले फेला पारी बिहिबार उनलाई हस्तान्तरण गरेको हो ।

विभिन्न बैंकका चेकहरु सहितको कालो झोला हराएको भन्न जानकारी सँगै हाम्रो गस्ती टोलीले खोजतलास गरी उक्त हराएको सामानहरु पत्ता लगाई धनिलाई बुझाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रुपक खड्काले जानकारी दिए ।

यस्तै सुचना अधिकारी खड्काका अनुसार बिहिबार नै धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका ७ का रामशरण पन्तको हराएको Vivo मोबाईल पत्ता लगाई ९ महिना पछि हस्तान्तरण गरिएको छ ।

धादिङबेसीबाट लपाङ जाने क्रममा पन्तको Vivo मोबाईल पौष १६ गते हराएको थियो ।