मझिमटारबाट गाँजा सहित ३ जना पक्राउ

Avatar photo
Dhadingpost
भदौ ३, २०७६

धादिङ भाद्र ३ । धादिङको बेनिघाट रोराङगाउँ पालिका स्थित मझिमटारबाट प्रहरीले लागु औषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ ।

सोमबार राती १२ बजे विशेष सुराकीको आधारमा जोगिमारा प्रहरी चौकीबाट खटिएका प्रहरीले ८ केजी गाँजा सहित ३ जना पक्राउ मझिमटारबाट पक्राउ गरेको हो ।

काठमाडौँबाट मुग्लिनतर्फ जादै गरेको ग १ ख ७७०२ नम्बरको बस चेकजाँच गर्ने क्रममा सो लागु औषध सहित ३ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको सुचना अधिकारी रुपक खड्काले जानकारी दिए ।

पक्राउ पर्नेमा कास्की माछापुच्छ्रे ८ बस्ने बर्ष १८ का सन्जोक सुनारले बसको सिट भन्दा माथी कपडाको झोलामा लुकाएर ल्याएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

गाँजा सहित सुनारलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागु औषध गाँजा मलेखुबाट पोखरा तर्फ जादै गरेको ग १३ प ५०४९ नम्बरको स्कुटरमा सवार ब्यक्तिहरुको रहेको भनि जानाकारी दिएका हुन् । उक्त जानकारीको आधारमा स्कुटी चालक जिल्ला स्याङ्जा चिनिबास बस्ने बर्ष १९ को नयन थापा मगर, स्कुटी पछाडी सवार जिल्ला कास्की लेखनाथ ९ बस्ने बर्ष १९ को संगित बि।क। र स्कुटी समेत नियन्त्रणमा लिई सूचना अधिकारी खड्काले बताए । (फाईल फोटो)