
धादिङ भाद्र ३ । धादिङको सिद्धालेक गाउँपालिका वडा नं. १ मा श्रीमानले श्रीमती र छोरालाई आगो लगाई घाईते बनाई दिएका छन् ।
नलाङका गणेश लम्सालले २५ वर्षीय श्रीमती बिमला लम्साल र २ वर्षका छोरा जेनिश लम्साललाई आगो लगाई घाईते बनाएका हुन् ।
सोमबार राती १२ बजेको समयमा सुतिरहेको अवस्थामा आगो लगाएका हुन् ।
घरायसी वादविाद र झै झगडाका कारण लम्सालले सोमबार राती १२ तारपिनको तेल छर्की आगो लगाई दिँदा श्रीमतीको अनुहार, बाँया हात र छोराको कोखा, टाउको र हातको भाग जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल धादिङमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । घटनामा सङ्लग्न गणेश लम्साललाई प्रहरीले पक्राउ गरि अनुशन्धान सुरु गरेको छ ।
छोरालाई बोकेर झ्यालबाट हामफालेर ज्यान जोगाएकी बिमलाले आफू र बच्चाको ज्यानको सुरक्षा र आरोपित पतिलाई हदैसम्मको कानुनी कारवाहीका लागि सहयोग गरिदिनआग्रह गरेकी छिन् ।

