फोटो पत्रकार संघ धादिङको अध्यक्षमा दुवाडी

Avatar photo
Dhadingpost
भदौ २, २०७६

धादिङ भाद्र २ । अन्तराष्ट्रिय फोटोग्राफी दिवसको अवसरमा भएको नेपाल फोटो पत्रकार संघ धादिङको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाबाट अध्यक्षमा मनिश दुवाडी निर्वाचित भएका छन् ।

यस अघि फोटो पत्रकार संघ धादिङको उपाध्यक्षको जिम्मेवारी वहन गरि सकेका अन्नपुर्णपोष्ट दैनिकका दुवाडी सर्वसहमतिमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिव सरिता श्रेष्ठ, सह सचिव गोमा थापा र कोषध्यक्षमा रामकुमार थापा निर्वाचित भए ।
यस्तै निर्वाचित हुने सदस्यहरुमा विपिन मल्ल, सुशिल थापा, विष्णु कुमार श्रेष्ठ र सुशिला विश्वकर्मा रहेका छन् ।

४३ जना फोटो पत्रकारहरु सदस्य रहेको यस फोटो पत्रकार संघ धादिङले जिल्लामा विभिन्न गतिविधि गर्दै आएको छ ।