
अमृत तामाङ
धादिङबेसी भदौ २ । धादिङबेसीमा १८० औं अन्तराष्ट्रिय फोटोग्राफी दिवस भव्य रुपमा मनाईएको छ ।
राष्ट्रिय फोटो पत्रकार समुह नेपाल र नेपाल फोटो पत्रकार संघ धादिङको संयुक्त आयोजनामा धादिङबेसीमा अन्तराष्ट्रिय फोटोग्राफी दिवस मनाईको हो ।
नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गानाले फोटो खिचेर उद्घाटन गरिएको उक्त दिवसमा अन्तराष्ट्रिय/राष्ट्रिय फोटो पत्रकारहरु, काठमाडौ, मकवानपुर, नुवाकोट धादिङका फोटो पत्रकारहरुको सहभागिता रहेको थियो ।

१८० औं अन्तराष्ट्रिय फोटोग्राफी दिवसको अवसरमा धादिङबेसी पुछार बजारबाट सुरुभएको प्रभात फेरि कार्यक्रम बीचबजार स्थित आर.के. गेष्ट हाउसमा पुगेर समापन गरिएको थियो ।
नेपाल फोटो पत्रकार संघ धादिङको अध्यक्ष नारायण सिलवालको सभानपतित्वमा भएको अन्तराष्ट्रिय फोटोग्राफी दिवस विशेष कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नगर प्रमुख ढुङ्गानाले फोटो पत्रकारहरु समाजका परिवर्तनका संवाहक भएको बताएका थिए । हरेक मोर्चाको अग्रभागमा देखा पर्ने फोटो पत्रकारहरुलाई अझै राज्यले बुझ्न नसकेको प्रति चिन्ता समेत व्यक्त गरेका थिए ।
यस्तै नेकपा नेता रामबहादुर भण्डारीले फोटो पत्रकारहरुले अझै ढुक्क सँग फोटो खिच्ने वातावरण नभएको दावी गरेका थिए । हरेक घटना र अनियमिताको सबुद प्रमाण खिच्ने फोटो पत्रकारहरुले सहज ढंगले फोटो खिच्न पाउनु पर्नेमा समेत जोड दिएका थिए ।

यस्तै राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष राजेन्द्र चित्रकारले फोटो पत्रकारिता गर्न सहज र सजिलो नभएको तर पछिल्लो समय बढेर गएको फोटो पत्रकारिताको आकर्षण प्रति प्रशंसा गर्दै अन्तराष्ट्रिय फोटोग्राफी दिवसको शुभकामना दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समुहका महासचिव प्रदिवराज वन्त, प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेय, प्रहरी प्रमुख राजकुमार वैदवार, पत्रकार महासंघ ३ नम्बर प्रदेशका सल्लाहकार गिरिजा अधिकारी, पत्रकार महासंघ धादिङ केन्द्रिय सदस्य हरिहर सिंह राठौंर, पत्रकार महासंघ धादिङ अध्यक्ष नवराज छत्कुली नीलकण्ठ क्याम्पसका प्राध्यापक नविनबन्धु पहाडी, एड्भान्स एकेडेमीका एशोसिएट प्रिन्सिपल भिम श्रेष्ठ लगायतको आतथ्यता रहेको थियो ।
कार्यक्रममा नीलकण्ठ माविमा पत्रकारिता पढ्दै गरेका विद्यार्थी, एड्भान्स एकेडेमीमा कानुन पढ्दै गरेका कक्षा १२ का विद्यार्थी जिल्ला स्थित पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम स्थलमा धादिङ जिल्लाका ३०० भन्दा बढयी फोटोहरु प्रदर्शनीमा राखिएको थियो ।

