
धादिङ भाद्र १ । धादिङबेसी सदरमुकामवासीको एक मात्र एक मात्र खेलमैदान खुल्ला मञ्च भोलिन्टिएर ग्रुपले क्लिन बनाएको छ ।
जिल्ला प्रशासन काखैमा रहेको यस खुल्ला मञ्च व्यवस्थापनमा कसैको पनि ध्यान जान नसक्दा झाडी र फोहोरले कुरुप पारेको थियो सामाजिक काम गर्दै आएको ग्रुपले शनिबार क्लिन गरेको हो ।
जिल्ला सदरमुकाममा रहेको एक मात्र खेलमैदान भन्न पनि अफ्ठ्यारो लाग्ने स्थिति देखेर हामी खुल्लामञ्च सफाई गर्न पुगेका हौ, ग्रुपका अध्यक्ष नारायण कुमार श्रेष्ठले बताए ।

