
धादिङ साउन ३२ । अन्तर प्रदेश स्तरीय १५ वर्ष मुनिका खेलाडी सहभागि हुने छात्रा फुटबल प्रतियोगिता ३ नम्बर प्रदेशका लागि धादिङबाट तीन जना छात्राहरु छनौट भएका छन् ।
काठमाडौको सानो गौचरणमा सम्पन्न भएको ३ नम्बर प्रदेश स्तरीय प्रतियोगिताबाट धादिङका रितु घले, शान्ति नेपाली र नविना श्रेष्ठ छनौट भएका हुन् ।
अखिल नेपाल फुटबल संघले सन्चालन गरेको यू -१५ महिला खेलाडी छनौटमा ३ नं. प्रदेशको छनौट चरण पार गरे सँगै उनीहरु अन्तर प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने जिल्ला फुटबल संघ धादिङका महासचिव रामहरि थापाले जानकारी दिए ।

