
अमृत तामाङ
धादिङबेसी साउन ३२ । नयाँ शैक्षिक आयाममा धादिङबेसी स्थित एड्भान्स एकेडेमी एक कदम अगाडी रहेको प्रदेश सांसद डा. राम कुमार अधिकारीले बताएका छन् ।
नीजि विद्यालयहरुलाई लाग्ने गरेको घोकन्ते शिक्षाको नारालाई एड्भान्सले क्रस गरेको बताउँदै डा.अधिकारीले विद्यार्थीको रुची र क्षेमताको आधारका शैक्षिक शिक्षण विधि अवलम्बन गरेको प्रति धन्यावाद समेत दिए ।
एड्भान्स एकेडेमी धादिङले शनिबार एसईई व्याच २०७५ को विदाई तेक्वान्दोको फस्ट डान बेल्ट वितरण तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डा. अधिकारीले एड्भान्स एकेडेमीका १७ जना विद्यार्थीलाई अन्तराष्ट्रिय मान्यताको व्ल्याक बेल्ट र ७७ जना विद्यार्थीहरुलाई ब्ल्याक बेल्ट प्रदान गरेका थिए ।

कार्यक्रममा प्रिन्सिपल गोविन्द बुढाथोकीले जिल्लामा विद्यालयको पाठ्यक्रममै निर्दिष्ट गरी तेक्वान्दो शिक्षण गर्ने पहिलो विद्यालय एड्भान्स एकेडेमी रहेको दावी गर्दै छात्र/छात्रा भलिबल, कबड्डी, विभिन्न दुरीका दौड लगायतका खेलहरुमा समेत जिल्लाकै अब्बल रहेको बताएका थिए ।
सोही कार्यक्रममा गत शैक्षिक सत्रमा विभिन्न पदमा रहि कार्य सम्पादन गरेका विद्यार्थी, विविध विधामा उत्कृष्ट विद्यार्थी सहित ४ जना अभिभावकलाई विद्यालयले सम्मान गरेको थियो । त्यसैगरि विद्यालयको शैक्षिक आलोकलाई अझ ज्योतिर्मय बनाउन निरन्तर ५ वर्ष देखि योगदान गर्ने ६ जना शिक्षक/शिक्षिका पनि सम्मानित भए । एसईई परिक्षा २०७५ मा ३.८० जिपिए सहित उत्कृष्ट नतिजा प्राप्त गर्न सफल २७ जना विद्यार्थीहरुलाई बधाइ सहित सम्मन गरिएको थियो ।

