
धादिङबेसी साउन ३२ । धादिङबेसी स्थित सहिद मेमोरियल अस्पतालमा एक दिने बृहत निःशुल्क मृगौला परिक्षण शिविर सम्पन्न भएको छ ।
पछिल्लो समय धादिङमा बालक देखि बृद्धा सम्म मृगौला फेल हुने समस्याको संख्या अत्याधिक बढिरहेको भन्दै सहिद मोमोरिएल अस्पताल धादिङले शनिबार धादिङबेसीमा बृहत निःशुल्क मृगौला परिक्षण शिविर सम्पन्न गरेको हो ।
मार्क इन्टरनेशनल किड्नी सेन्टर र नेशलन हस्पिटल आरेन्ज विल्डिङ काठमाडौको सहयोगमा आएका वरिष्ठ मृगौला रोग विशेषज्ञ तथा जनरल फिजिसियनद्वारा चेक जाँच गरिएको उक्त शिविरमा ३ सय ९० जनाले मृगौला परिक्षण गराएको डाक्टर राम रिजालले धादिङपोष्टलाई बताए ।
शिविरमा वरिष्ठ मृगौला विशेषज्ञ तथा अन्य विशेषज्ञ डाक्टरहरुले ब्लड सुगर परिक्षण, निःशुल्क पिसाव (Urine) परिक्षण, रक्तचाप परिक्षण, B.M.I.(बिएमआई) परिक्षण निःशुल्क गरेका थिए ।

