
धादिङ साउन ३१ । एड्भान्स एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले व्याङ्ग्यात्मक साहित्यिक प्रवचन तथा प्रहसन गरी गाईजात्रा मनाएका छन् ।
कविता र प्रहशनबाट देशको वेथिति विसङ्गति प्रति तिखो व्यङ्ग्य प्रहार गरी एड्भान्स एकेडेमीका विद्यार्थीहरु गाईजात्रा मनाएका हुन् ।
धर्म र साँस्कृतिको जर्गेना उद्देश्यले गाईजात्रा विशेष कार्यक्रमको आयोजना गरि कविता लेखन तथा वाचन प्रतियोगिता गरिएको एशोसिएट प्रिन्सिपल भिम श्रेष्टले जानकारी दिए ।
श्रेष्ठका अनुसार कार्यक्रममा कक्षा १२ कानुन संकायकी छात्रा कविता नेपाली प्रथम, ज्ञानी माया तामाङ तामाङ द्वितीय कक्षा १२ को कानुन संकायकी छात्रा उर्मिला भारती तृतीय र कक्षा ११ को कानुन संकायको छात्र सुजन तामाङ सान्त्वना स्थान हाँसिल गरेका थिए ।

