
धादिङ साउन ३१ । धादिङबेसीमा आगामी भदौं २ गते १८० औं अन्तराष्ट्रिय फोटोग्राफी दिवस मनाईने भएको छ ।
राष्ट्रिय फोटो पत्रकार समुह नेपाल र नेपाल फोटो पत्रकार संघ धादिङको संयुक्त आयोजनामा उक्त दिवस धादिङबेसीमा मनाईने भएको हो ।
१८० औं फोटोग्राफी दिवस भदौ २ गते धादिङबेसी पुछारबजारबाट सुरुहुने र मिलनटोल स्थित आर.के. गेष्ट हाउसमा पुगेर अन्तरक्रिया सँगै नेपालका पुराना फोटो ग्राफरको मन्तव्य सहित समापन हुने राष्ट्रिय फोटो पत्रकार समुह नेपालका महासचिव प्रदिपराज वन्तले जानकारी दिए ।
उक्त कार्यक्रम सकिए लग्गतै नेपाल फोटो पत्रकार संघ धादिङको प्रथम अधिवेशन र प्रदेश स्तरीय कमिटी सार्वजनिक गरिने बताईएको छ । यसै अवसरमा नेपाल फोटो पत्रकार संघ धादिङले जिल्ला स्थित फोटो पत्रकारहरुद्वारा खिचिएको फोटो प्रदर्शनीमा राखिने छ ।

