एड्भान्सद्वारा व्यवहारिक शिक्षाको अभ्यास

Avatar photo
Dhadingpost
साउन २८, २०७६

धादिङ साउन २८ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले विद्यार्थीलाई व्यवहारिक शिक्षाको अभ्यास गराएकाे छ ।

विध्यालयकाे सामाजिक विभागले कक्षा ७ देखि कक्षा १० सम्म अध्ययनरत छात्रहरुलाई बाबियोको डोरी बाट्न, सालको पातबाट खोरी, दुना, बोहता र टपरी लगाउन, सिकाउँदै व्यवहारिक शिक्षाको अभ्यास गराएकाे हाे ।

व्यवहारिक सिप प्रति रुचि जगाउने उद्देश्यले परम्परागत संस्कारको बारेमा ज्ञान गराउनुका साथै कहिले कुन प्रयोजनमा किन प्रयोग गरिन्छ भन्ने कुराको जानकारी दिन कक्षा ७ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई सिपमुलक शिक्षा दिन
मंगलबार उक्त अभ्यास गराईएकाे एशाेसिएट प्रिन्सिपल भिम श्रेष्ठले धादिङपाेष्टलाई बताए ।

यस्तै विद्यार्थीलाई हिन्दु धर्म अनुसार हरेक पूजा पाठ बत्ती बाल्ने प्रचलनकाे ज्ञान दिँदै, धागाे र कपासबाट बत्ती काट्न सिकाइयो । बत्ती काट्ने सिप सिकाउँदा विद्यार्थीहरु धेरै उत्साहित भए । बत्ती कसरी काट्ने, कसरी बाल्ने भन्ने बारे विद्यार्थीहरुलाई जानकारी गराउन विद्यालयले बत्ती काट्ने सिप सिकाएको हो । शिक्षिका कान्छी आले र सह–शिक्षिका कमला ढकालले जनकारी दिए ।

त्यसैगरी कक्षा १ का विद्यार्थीहरुलाई गणेश मार्गमा रहेको गणेश मन्दिरको अवलोकन भ्रमण लगि उनीहरुलाई धार्मिक स्थल सम्बन्धी जानकारी गराइयो । किताबी ज्ञान मात्र नभएर
उनीहरुलाई बाहिरी ज्ञान पनि होस् भनेर धार्मिक स्थल भ्रमण गरिएको हो । कक्षा २ को विद्यार्थीहरुलाई पशुपतिनाथको दर्शनका साथसाथै सार्वजनिक सम्पदाको अध्ययन अवलोकनको लागि स्थलगत भ्रमण लागि लागेका थियौ । यस स्थलगत भ्रमणको मुख्य उद्देश्य विद्यार्थीहरुलाई सार्वजनिक सम्पदाको महत्वको बारेमा जानकारी गराईएकाे एशाेसिएट प्रिन्सिपल श्रेष्ठले बताए ।

त्यसैगरी कक्षा ३ का विद्यार्थीहरुलाई धादिङ बेंसीभित्र रहेको साँस्कृति सम्पदा हनुमान मन्दिर, मनकामना मन्दिर र पुच्छार बजार अवस्थित कृष्ण मन्दिर अवलोकन भ्रमण गराइयो । हामीले मन्दिर भ्रमण गराउनको उद्देश्य साँस्कृतिक सम्पदाको बारेमा जानकारी गराउन, धार्मिक स्थल सम्बनिध जानकारी दिन भगवानको मुर्तिहरु चिनाउन, साँस्कृतिक सम्पदाको वरपरको वातावरण सफा राख्नु पर्छ भन्ने बारेमा जानकारी गराउन किताबी ज्ञानलाई मात्र सिमित नराखी सैद्धान्तिक ज्ञानलाई प्राथमिकता दिनु थियौं ।

कक्षा ४ का विद्यार्थीहरुलाई पशुपति मन्दिर नजिकै रहेको गैरी गाउँमा परम्परागत ढिकी र जाँतो लगायत वरपरका आर्थिक गतिविधि अवलोकन भ्रमणको उद्देश्यले विद्यार्थीहरुलाई परम्परागत प्रविधिसँग परिचित गराउनु रहेको थियो । करिब पन्ध्र मिनेटको पैदलयात्रा पछि पुगिने त्यस गाउँमा कुखुरा पालन, पाउरोटी उद्योग लगायतका अवलोकन योग्य गतिविधिहरु थिए । विद्यार्थीहरु आफैँ ढिकी र जाँतो चलाउन सिक्न पाउँदा उनीहरु ज्यादै खुसी थिए ।

कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरुलाई धादिङ जिल्लाको सदरमुकाममा रहेको सरकारी कार्यलयहरु, जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यलय, जिल्ला हुलाक कार्यलय, रेडक्रस सोसाइटि जिल्ला शाखा मा प्रत्यक्ष अवलोकन गराइ विद्यार्थीलाई ती कार्यलयको स्थान, तीनिहरुले गरेको क्रियाकलाप, जनतालाई प्रदान गरेको सेवासुविधाको बारेमा जानकारी प्रदान गर्नको लागि एकदिने स्थलगत भ्रमण कार्यक्रमको सञ्चालन गरियो ।

कक्षा ६ का विद्यार्थीहरुलाई स्थलगत भ्रमणको रुपमा नीलकण्ठ नगरपालिका रहेको माछापालन अवलोकन गर्न लगिइएको थियो । जस मार्फत विद्यार्थीहरुले स्थानीय कृषि व्यवसायबाट पनि मनग्य आम्दानी गरि जिविको पार्जन गर्न सकिने कुरा महसुस गरेको कुरा व्यक्त गरेका थिए । साथसाथै साँस्कृतिक सम्पदाको लागि सिरान बजारको गुम्बा र पशुपंक्षी पालनको अवलोकनको लागि इराजामा रहेको पशुपंक्षी फार्ममा रहेका विभिन्न टर्की, बट्टाई, लोथार, ब्ल्याक हेन आदिको स्थलगत अवलोकन गरेका थिए ।

त्यसैगरी प्रत्येक मंगलबार हुने गरिएको कक्षागत दशौं अंक भित्ते पत्रिका प्रकाशन प्रतियोगितामा कक्षा ६ देखि १० सम्मको कक्षा ८ को एड्भान्स चौतारीे प्रथम, कक्षा ९ को अल्फा म्याजिन द्धितीय र कक्षा ७ क्रिमसनको एड्भान्स याक्सपोलर तृतीय भएका छन् । कक्षा ३ देखि ५ सम्मकोमा कक्षा ४ अर्किटको लालीगुराँस म्याजिन प्रथम, कक्षा ३ माउन्ट गणेशको डिलाइट म्याजिन द्वितीय र कक्षा ५ को साइनिङ स्टार तृतीय हुन सफल भएको छ । पुरस्कृत सम्पूर्ण विद्यार्थीहरुलाई एसोसिएट प्रिन्सिपल भीमबहादुर श्रेष्ठद्धारा पुरस्कार वितरण गरिएको थियो ।