जनचेतना जगाउन साईकललिङ

Avatar photo
Dhadingpost
साउन २७, २०७६

धादिङ साउन २७ । सुशासन सहितको आर्थिक समृद्धिको लागि जनचेतना जगाउँदै नेपाल भ्रमणमा निस्किएका साईकल यात्री कर्ण श्रेष्ठ धादिङ आईपुगेका छन् ।

खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ का श्रेष्ठ नेपालका सबै जिल्ला साईकलबाट यात्रा गर्दै जनचेतना जगाउदै धादिङ आईपुगेका हुन् ।

दैनिक ७-८ घण्टा साइकल यात्रा गर्ने श्रेष्ठले ६ महिनाभित्र आफ्नो साईकल यात्रा पुरा गर्ने लक्ष्यमा छन् ।

हालसम्म प्रदेश १, २ र ३ का ३५ जिल्लाको भ्रमण गरिसकेका उनले धादिङका संचारकर्मीहरुलाई भेट गर्दै समृद्धिका लागि भष्ट्रचार मुक्त समाज र धार्मिक एवं पर्यटन प्रबद्र्धन अत्यावश्यक रहेको बताए ।

देशमा भ्रष्टाचार, बेथिति, विकृति मौलाउदै गएको छ हामी खाली नेतालाई गाली गरेर बसेका छौ, नेताका कारण मात्र आर्थिक समृद्धि सम्भव नभएको भन्दै जनस्तर बाटै यसको सुरुवता हुनुपर्ने उनले पत्रकारहरुलाई बताए ।