साइप्रस साउन २७ । गजुरी गाउँपालिका स्थित राक्चे निवासी सीता अर्याल नेपाली जनसम्पर्क समिती साइप्रसको सभापतिमा चयन भएकी छिन् ।
नेपाली कांग्रेसका प्रबक्ता विश्व प्रकाश शर्मा प्रमुख अतिथी रहेको कार्यक्रममा बिशिष्ठ अतिथिको रुपमा बिरेन्द्र सिंह कार्की जनसम्पर्क समिति डेनमार्क सभापति त्यस्तै बिशेश अतिथी डा. राम जीवन पंजिकार, एनआरएन का केन्द्रिय उपाध्यक्ष कुल चन्द्र आचार्य, जनसम्पर्क समिति कतारका पुर्व सभापति एंब एनआरएन आईसीसी सदस्य बिमला सुवेदी सहित अतिथिको रुपमा यातायात ब्यबस्था बिभागका निर्देशक तिर्थराज खनाल र बिनोद तिमल्सिना लगायतका अतिथिको सहभागीता थियो ।
साइप्रसमा विगत चार वर्ष देखि रोजगारीमा रहेकी अर्याल नेपाली काँग्रेस धादिङको पूर्व महाधिवेशन प्रतिनिधि समेत हुन् ।
नेत्री सीता अर्याल नेपाली जनसम्पर्क समिती साइप्रसको प्रथम अधिबेशनबाट सभापति निर्बाचित भए सँगै साइप्रसमा रहेका नेपालीहरुको लागि संस्थागत रुपमा सहयोग गर्ने बताईन् ।
