धादिङमा तीन राष्ट्रिय खेलाडीलाई सम्मान गरिँदै

Avatar photo
Dhadingpost
साउन २६, २०७६

अमृत तामाङ
धादिङ साउन २६ । धादिङको सिद्धलेक गाउँपालिका स्थित चक्रदेवी सामुदायिक समाज, नेपालले साउन २८ गते तीन जना राष्ट्रिय खेलाडीलाई सम्मान गर्ने भएको छ ।

जिल्ला भित्र बिभिन्न खेलकुद क्रियाकलापहरु संचालन गर्दै आईरहेको चक्रदेवी सामुदायिक समाजले नेपाल महिला भलिवलकी मेधावी खेलाडी आदरणीय कोपिला उप्रेती, नेपाल आर्मी क्लबका खेलाडी एवं राष्ट्रिय पुरुष भलिवल टिमका शरण सामरी र महिला दौड विधामा राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रतियोगितामा सर्वोत्कृष्ठ खेलाडी बन्न सफल सन्तोषी श्रेष्ठलाई सम्मान गर्न लागेको हो ।

महिला भलिवलकी मेधावी खेलाडी उप्रेती पाँचथरकी हुन्, भने अन्य दुई जना धादिङ ज्वालामुखी गाउँपालिकाका हुन् ।

उनीहरुलाई नलाङ स्थित मोडल एकेडेमीको प्राङ्गणमा सम्मान गरिने हुँदा खेलप्रेमी, शुभेच्छुक सबैलाई निमन्त्रणा गरिएको संयोजक साजन सिलवालले बताए ।