
धादिङ साउन २६ । उत्तरी धादिङ रुबीभ्याली गाउँपालिकाका रोमी घले लिःल फङ (घले समाज) केन्द्रिय युवा तथा विद्यार्थी विभागको अध्यक्षमा निर्विरोध चयन भएका छन् ।
लिस्ल फङ (घले समाज) का केन्द्रिय अध्यक्ष अधिवक्त दिनेश घलेको प्रमुख आतिथ्यतामा भएको उक्त दोस्रो वार्षिक साधारण सभाबाट रोमी निर्विरोध चयन भएका हुन् ।
घले लिःल फङ (घले समाज) केन्द्रिय युवा तथा विद्यार्थी विभागको निर्वाचित ३५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा शन्तबहादुर घले गोरखा, दुर्गा घल संखुवासभा, सचिवमा नेमराज घले गोरखा, सह–सचिवमा करण घले धादिङ, कोषाध्यक्षमा रमा घले धादिङ र सह–कोषध्यषमा मुना घले रसुवा रहेका छन् ।
लि:ल फङ धादिङ अध्यक्ष तथा संविधान सदस्य धन ब घले, लिःल फङ (घले समाज) यूएई अध्यक्ष नरबहादुर घले, सिंगापुरबाट एकराज घले, हंङकङबाट रवि घले लगायतको विशेष आतिथ्यता रहेको थियो ।
