प्रगतिशिल लेखक खेम थपलिया पक्राउ

Avatar photo
Dhadingpost
साउन २५, २०७६

काठमाडौं साउन २५ । नेपाली प्रगतिशिल साहित्यका उदयमान लेखक तथा पत्रकार खेम थपलियालाई प्रहरीले पक्राउ गरेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा निकट सांस्कृतिक महासंघका महासचिव समेत रहेका थपलियालाई सशस्त्र इन्टेलिजेन्स ब्यूरोले दिएको सूचनाको आधारमा काठमाडौं बागबजारबाट पक्राउ गरेको छ ।

ठकपछि फर्कने क्रममा प्रलेशका यसअघिका केन्द्रीय उपाध्यक्ष थपलिया, लुइटेल, रिसाल र खनाललाइ प्रहरीले नियन्त्रणमा लिएको थियो । केही बेरको केरकारपछि ३ जना लेखकलाइ छोडे पनि पत्रका तथा लेखक थपलियालाइ भने प्रहरीले प्रक्राउ गरेको हो ।

सिंहदरवार प्रहरी वृत्तका डिएसपी कौशल बुढाथोकीका अनुसार लेखक थपलिया विप्लव नेतृत्वको नेकपामा संलग्न रहेको उजुरीका आधारामा प्रक्राउ गरिएको हो ।