म्हेन्दोमाया प्रतियोगिता सिङ्ल्हामा हुने

Avatar photo
Dhadingpost
साउन २५, २०७६

धादिङ साउन २५ । म्हेन्दोमाया कलाकार संघ नेपालको आयोजनामा साउन ३० गते नुवाकोट र धादिङको सिमानामा पर्ने सिङ्ल्हामा पहिलो म्हेन्दोमाया प्रतियोगिता हुने भएको छ ।

लोप उन्मुख तामाङ मौलिक तथा लोक भाकाहरुको जगेर्नाका साथै लुप्त अवस्थामा रहेका स्थानिय प्रतिभाहरुलाई पहिचान गराउनको लागि धार्मिक तथा पर्यटकिय स्थल सिङ्ल्हामा पहिलो म्हेन्दोमाया प्रतियोगिता हुन लागेको बताइृएको छ ।

५० हजार पुरस्कार राशीको यस खुल्ला मौलिक म्हेन्दोमाया प्रतियोगितामा २०७६ मा सहभागि हुन आयोजकले आग्रह गरि सकेको छ ।

म्हेन्दोमायाको सुरुवात र महत्व
तामाङ समुदायमा अत्यन्तै लोकप्रिय एउटा संगीत विधा रुपमा म्हेन्दोमाया लिइन्छ । विशेषगरी नुवाकोट, रसुवा र धादिङ जिल्लाका उच्च पहाडी तथा हिमाली अर्थात ल्हापसङकर्पो भेगमा बसोबास गर्ने तामाङ समुदायले गाउने र नाच्ने गर्दछन् ।

म्हेन्दोमाया गीत पहिलो पटक रेडियो नेपालमा विक्रमसम्वत् २०४७ सालमा रेकर्डिङ भइ नेपाल टेलिभिजनमा समेत प्रसारण भएको थियो । २०४७ सालदेखि मात्र रेकर्ड भएर सुन्न पाएको मेन्दोमायाको उत्पति १९ औं शताब्दीतिर भएकोे अनुमान गरिन्छ ।

यस्तो छ प्रतियोगितामा भाग लिन सर्तहरु
१. दर्ता शुल्क रु.१,०००
२. तामाङ मौलिक भेषभुषालाई पहिलो प्राथमिकता दिने ।
३. भाका दुई समुह बिचको साहमतिमा रोज्न सकिने छ ।
५. कार्यक्रम स्थल ३६०० मिटर उचाइमा हुने हुनाले ब्यक्तिगत बन्दोबस्त आँफै मिलाउनु पर्ने छ र खाना बस्नको ब्यवस्था आयोजक सङ्स्थाले गर्ने छ ।

पुरस्कार:
प्रथम पुरस्कार रु.२०,०००
द्वितिय पुरस्कार रु. १५,०००
त्रितिय पुरस्कार रु.१०,०००