
धादिङ साउन २५ । धादिङ गजुरी गाउँपालिकाको दरिङगाल खोलामा एक्साभेटरले बनाएकाे खाडलमा डुबेर दुईजनाको मृत्यु भएकाे छ ।
अबैध तरिकाले बालुवा निकाल्न खनेको खाल्डोमा डुबेर १८ वर्षिय भिम तामाङ र वर्ष २१ का सुमन तामाङकाे मृत्यु भए सँगै आक्रोसित स्थानीयहरुले तीनवटा एक्साभेटरमा लागजनी गरेका छन् ।
मृतक दुबै जना गजुरी गाउँपालिका ७ किरान्चाेकका स्थानीय हुन् ।
खोलामा डाेजर लगाउन नपाउने भन्दै स्थानीयकाे आन्दोलन पछि प्रशासनले कडाइ गरे पनि राति अवैध रुपमा एक्साभेटर लगाउने गरिएकाे थियाे ।
गैर कानुनी कामको संरक्षक सबैलाई ज्यान मुद्दामा पक्राउ गर्नु पर्ने स्थानियहरुकाे माग राखेकाे घटना स्थलबाट संचारकर्मी विक्रम अधिकारीले धादिङपाेष्टलाई बताए ।

