धादिङमा अन्तराष्ट्रिय स्तरको पहाड दौड प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
साउन २५, २०७६

धादिङ साउन २५ । राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघले दशै र तिहारको बीचमा अन्तराष्ट्रिय स्तरको पहाड दौड प्रतियोगिता धादिङमा गर्ने भएको छ ।

असार १५ गते सम्पन्न हिले दौड प्रतियोगिताको समिक्षा तथा ०७६ हुने लोकखेलहरु सर्वजनिक गर्दै शुक्रबार संघले दशैं र तिहारको बीचमा अन्तराष्ट्रिय स्तरको पहाड दौड प्रतियोगिता गरिने बताएको हो ।

राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघले यो वर्ष ४ खेलहरु गर्ने जसमा विद्यालय स्तरीय, बाघचाल प्रतियोगिता, विद्यालय स्तरिय डण्डिवियो प्रतियोगिता, गेम बल (लक्कु ढाल) प्रतियोगिता र पहाड दौड प्रतियोगिता गरिने उक्त कार्यक्रममा जानकारी गराईएको थियो ।