धादिङमा दुई विप्लव कार्यकर्ता पक्राउ

Avatar photo
Dhadingpost
साउन २२, २०७६

धादिङ साउन २२ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धादिङका कार्यकर्ता दुई कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

धादिङबेसीबाट बीचबजारबाट गत शुक्रबार चेरोङ तामाङ र शनिबार टिका खतिवडालाई उनकै घरबाट पक्राउ गरेको उनीहरुको पारिवारिक स्रोतले जनाएको छ ।

व्यूरो सदस्य तथा रसुवा जिल्ला इन्चार्ज समेत रहेका चेरोङ तामाङले आफुले क्रियाशिल भएर पार्टीको अभियानमा लाग्न शारिरिक अवस्थार रोगले दिएन पार्टीको शुभचिन्तक मात्र रहेकोले सम्पूर्ण जिम्मेवारी त्यागेको बताउँदै आएका थिए । यहि कारण हुन सक्छ ? उनको पक्राउको विषयमा नेकपा धादिङले पनि कुनै प्रतिक्रिया जनाएको दखिँदैन ।

यस्तै टिका खतिवडाको पक्राउको विषयलाई लिएर भने नेकपाले विज्ञप्ती नै सार्वजनिक गरेको थियो । विज्ञप्तीमा भनिएको छ, पार्टीका सुभचिन्तक टिका खतिवडालाई खेतमा काम गरी आफ्नो घरमा आराम गरेर सुतिरहेको अवस्थामा सोधपुछ भन्दै सम्पूर्ण राजनैतिक मुल्य र मान्यता मिच्दै फरक राजनैतिक आस्था कै कारण गरेको गैरन्यायिक गिरफ्तारीको घोर भत्सर्ना गरिन्छ । यी दुईको पक्राउको विषयमा प्रहरीले भने कुनै प्रतक्रिया दिएको छैन ।

चेरोङ तामाङ यस अघि मंसिरमा पनि पक्राउ परेका थिए ।