गुणस्तरीय शिक्षाका लागि अतिरिक्त क्रियाकलाप अनिवार्य -श्रेष्ठ

Avatar photo
Dhadingpost
साउन २१, २०७६

अमृत तामाङ
धादिङ साउन २१ ।
एड्भान्स एकेडेमीका एशोसिएट प्रिन्सिपल भिमबहादुर श्रेष्ठले गुणस्तरीय शिक्षाका लागि विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप अनिवार्य सहभागि गराउनु पर्ने बताए ।

विद्यार्थी कुन विषयमा रुचि राख्छ ? उसको आउट नलेज के छ ? अतिरिक्त क्रियाकलापले सम्बोधन गर्ने हुँदा एड्भान्स एकेडेमीले नियमित अतिरिक्त क्रियाकलापलाई जोड दिदैं आएको समेत श्रेष्ठले बताए ।

मंगलबार आयोजित विभिन्न विषयमा आयोजित अतिरिक्त क्रियाकलापको विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्दै श्रेष्ठले उक्त भनाई व्यक्त गरेका हुन् ।

माध्यमिक तहका अध्ययरत विद्यार्थीहरुमा शब्दको ज्ञान वृद्धि गर्ने उद्देश्यले अङ्ग्रेजी विभागद्धारा कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई भोक्यावोलरी अन्ताक्षरी प्रतियोगिता कार्यक्रम संचालन गरिएको थियो ।

उक्त कार्यक्रम कक्षा ७ मा अध्ययरनत छात्रा अस्मिता घले प्रथम भएकी छिन् भने कक्षा १० का छात्र अवनिश गिरी र कक्षा ८ मा अध्ययरत छात्रा अनु गुरुङ क्रमशः द्वितीय र तृतीय हुन सफल भएका छन् ।

विद्यार्थीहरुमा रहेको अन्र्तनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कक्षा १ देखि कक्षा ६ सम्मका विद्यार्थीहरुलाई नेपाली विभागले वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।

जसमा कक्षा १ को छात्र रोजन छत्कुली, कक्षा २ को छात्र मनोज थापा, कक्षा ३ को छात्रा आरोही ढुङ्गाना कक्षा ४ का छात्रा सङ्गम लम्साल , कक्षा ५ का छात्र मौसम गुरुङ र कक्षा ६ का छात्रा विकास लम्साल प्रथम भएका छन् ।

त्यसैगरी हरेक मंगलबार हुने गरिएको कक्षागत भित्ते पत्रिकाको कक्षा ६ देखि १० सम्मको कक्षा ८ को एड्भान्स चौतारीे प्रथम, कक्षा ७ क्रिमसनको एड्भान्स याक्सपोलर द्वितीय र कक्षा ७ एभरेटको एभरेट म्याजिन तृतीय भएका छन् ।

कक्षा ३ देखि ५ सम्मकोमा कक्षा ४ अर्किटको लालीगुराँस म्याजिन प्रथम, कक्षा ६ स्पिरिङको एड्भान्स माइड आइ द्वितीय र कक्षा ३ माउन्ट गणेशको डिलाइन्ट म्याजिन तृतीय हुन सफल भएको छ । पुरस्कृत सम्पूर्ण विद्यार्थीहरुलाई एसोसिएट प्रिन्सिपल भीमबहादुर श्रेष्ठद्धारा पुरस्कार वितरण गरिएको थियो ।