
धदिङ साउन २१ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित मझिमटारबाट अवैध सुन जस्तो देखिने पहेंलो वस्तु २४ तोला सहित दुई जना पक्राउ परेका छन् ।
काठमाण्डौबाट चितवनतर्फ जाँदै गरेको ना ५८ प ६५५३ नं.को मोटरसाईकल प्रहरीले चेक जाँच गर्ने क्रममा सोमबार चितवन भरतपुर २ क्षेत्रपुरका सन्तोष वस्नेतर नवलपरासी मध्यविन्दु ६ का गोकुलमान श्रेष्ठ पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले अवैध सुन जस्तो देखिने पँहेलो धातु, मोवाईल र मोटरसाईलक नियन्त्रणमा लिई अनुशन्धान सुरुगरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोलामान सिंह अधिकारी बताए ।

