खनियाँबासका नेता मानबहादुर सुनारको निधन

Avatar photo
Dhadingpost
साउन २१, २०७६

धादिङ साउन २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धादिङ खनियाबास गाउँपालिका सदस्य तथा दलित मुक्ति समाज अध्यक्ष ४८ वर्षिय मानबहादुर सुनारको असमायिक निधन भएको छ ।

उत्तरी धादिङका नेता सुनार बिरामी थिए, उपचारको क्रममा काठमाडौं रहेका उनको सोमबार अल्पायुमै असमायिक निधन भएको हो ।

पार्टी प्रति अत्यन्त मिलनसार, जनप्रेमी कमरेड गुमाउनु परेको नेकपा धादिङका वरिष्ठ नेता तथा तथा जिउँदा सहिदका रुपमा परिचत रामबहादुर भण्डारीले बताए ।

स्वर्गिय सुनारको शवमा नेता भण्डारीले पार्टीको झण्डा ओढाएर हार्दिक श्रद्धाञ्जली दिए सँगै अन्त्यष्टी गरिएको थियो ।