
धादिङ साउन १९ । पोखराको पालिखेचोक स्थित प्रतिभा स्कूलमा अध्ययनरत धादिङ आगिन्चोककी सुरती पाण्डेले १२ कक्षाको परीक्षामा व्यवस्थापन संकायतर्फ देशभरमै उत्कृष्ट जिपिए ल्याएकी छिन् ।
पाण्डेले व्यवस्थापन संकायमा ३.२ जिपिए ल्याउँदै देशभरिबाटै उत्कृष्ट भएकाे विद्यालयले दावी गरेकाे छ ।
सानै उमेरमा बुवा गुमाएकी पाण्डे आफ्नों प्रेरणाको श्रोता आमा सम्झना पाण्डे भएको बताउँछिन् । ‘आमाको हौसला र मेहनत देख्दा मलाई केही गरी देखाउनुपर्छ भन्ने लागेरनै दैनिक ४ घण्टा मात्र सुत्ने गर्थेंं, उनले भनिन् । जन्मिदै देखि कोही पनि जान्ने नहुने तर उसले पाएको वातावरण र मेहनतलेनै उत्कृष्ट बनाउने उनको भनाई छ । उनको लक्ष्य असर चार्टर एकाउण्टेण्ट बनेर देशको सेवा गर्ने रहेको छ ।

