
धादिङ साउन १९ । विप्लव नेतृत्वको नेकपा धादिङले विज्ञप्ति निकालि दमनकाे विरुद्ध सशक्त प्रतिराेधमा जाने संकेत गरेकाे छ ।
नेकपा धादिङका सेक्रेटरी बुद्धले जारी गरेकाे विज्ञप्तिमा नेकपाले भ्रष्टाचार, अन्याय र जनसरोकारका विषयलाई मुद्दा बनाएकाेले नै सरकारले दमनकाे बाटाे तय गरेकाेले नेकपा त्यसकाे विरुद्ध सशक्त प्रतिराेधमा जान सक्ने बताएका हुन् ।
बुद्धले विज्ञप्ति मार्फत साउन १८ गते हाम्रा पार्टीका सुभचिन्तक टिका खतिवडालाई खेतमा काम गरी आफ्नो घरमा आराम गरेर सुतिरहेको अवस्थामा सोधपुछ भन्दै सम्पूर्ण राजनैतिक मुल्य र मान्यता मिच्दै फरक राजनैतिक आस्था कै कारण गरेको गैरन्यायिक गिरफ्तारीको घोर भत्सर्ना समेत गरेका छन् ।
यस्तै विज्ञप्तिमामा भनिएकाे छ, आतंक फैलाउने घर खान्तलासी गर्ने घर घरमा मै राखियेको ३ वटा मोटर साइकल प्रहरीले कब्जा गरिएकाे भन्दै तुरुन्त फिर्ता गर्न माग गर्दछाै । अन्यथा शसक्त प्रतिरोध मा उत्रनुको बिकल्प नरहेको जानकारी गराउँँदछाै ।

