मन्त्री दुलाल, छड्के अनुगमनमा आउने पहिल्यै जानकारी

Avatar photo
Dhadingpost
साउन १७, २०७६

धादिङ साउन १७ । धादिङबेसी स्थित जिल्ला अस्पताल छड्के अनुगमन गर्न मन्त्री युवराज दुलाल शुक्रबार आउँदै छन्, भन्ने अस्पतालका कर्मचारीले बिहिबार नै थाहा पाएका थिए ।

कर्मचारीले छड्के चेकजाँच हुँदैछ, भन्ने खबर पाएपछि अस्पताल क्षेत्र सरसफाई तथा फोहोर व्यावस्थापन केन्द्रको उद्घाटनको तयारी गरेर बसेका थिए ।

पूर्व जानकारी गराए र अनुगमनमा आए जस्तै देखिने उक्त छड्के अनुगमनमा कर्मचारीहरुले सबै मिलाएर बसे तर हाजीरी तर्फ ध्यान नदिदा हाँजिर नगर्ने कर्मचारीको मन्त्री दुलालले हाँजिरी काटिदिएका थिए ।

अनुगमनमा आएका प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री दुलाले जिल्ला अस्पतालमा निर्माण भएको फोहोर व्यावस्थापन केन्द्रको समेत उद्घाटन गरे ।

मन्त्री दुलालले नेकपा धादिङका नेता तथा कार्यकर्ता सँग मदन आश्रित स्मृति भवनमा भेटघाट गरेका थिए । मन्त्री दुलाल जिल्ला अस्पतालमा छड्के अनुगमनमा आउने र उक्त अवसरमा कार्यक्रम भेटघाट कार्यक्रम गरिने भनेर बिहिबार नै नेता तथा कार्यकर्तालाई पार्टी कार्यलयमा उपस्थित हुन अव्हान गएिको कार्यक्रममा सहभागी एक नेताले धादिङपोष्टलाई बताए ।

(फोटोः रामकुमार थापा)