दरिङगाल खोलाबाट फेरि एक्साभेटर नियन्त्रण

Avatar photo
Dhadingpost
साउन १७, २०७६

धादिङ साउन १७ । धादिङको गजुरी गाउँपालिका वडा स्थित दरिङगाल खोलाबाट आज फेरि प्रहरीले एक्साभेटर मेसिन र चालकलाई नियन्त्रणमा लिएको छ ।

मापदण्ड विपरित खोलामा एक्साभेटरले बालुवा निकाली रहेको सूचनाको आधारमा गत शुक्रबार प्रहरी आफैले र आईतबार स्थानीयले दुईवटा एक्साभेटर नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए भने फेरि एक साता पछि प्रहरी आफैले खोलामा बालुवा झिकि रहेको अवस्थामा एक्साभेटर मेसिन र चालकलाई नियन्त्रण लिएको हो ।

अवैध एक्साभेटर प्रयोग गरि बालुवा निकाल्ने विरुद्ध कार्वाहीको माग गर्दै स्थानीयहरुले सोमबार मात्र जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र जिल्ला प्रहरी कार्यालयमा पत्र बुझाएका थिए ।

अवैध बालुवा उत्खन गर्ने विरुद्ध कार्वाहीको माग गर्दै उजुरी
खोलामा बालुवा निकाल्दै गरेको एक्साभेटर स्थानीयको नियन्त्रणमा
प्रहरीले नियन्त्रणमा एक्साभेटर

(फोटोः आईतबार स्थानियले नियन्त्रणमा लिई बुझाएको एक्साभेटरको हो)