धादिङबेसीमा नि:शुल्क मृगौला परिक्षण शिविर हुने

Avatar photo
Dhadingpost
साउन १६, २०७६

धादिङबेसी साउन १६ । धादिङबेसी स्थित शहीद मेमोरियल अस्पतालमा एक दिने बृहत नि:शुल्क मृगौला परिक्षण शिविर हुने भएको छ ।

पछिल्लो समय बालक देखि बृद्धा सम्म मृगौला फेल हुने समस्या अत्याधिक बढिरहेकाले वरिष्ठ मृगौला रोग विशेषज्ञ तथा जनरल फिजिसियनद्वारा चेक जाँच गर्ने गरि एक दिने निशुल्क मृगौला परिक्षण शिविर आयोजना गरिएको डाक्टर राम रिजालले बताए ।

साउन ३२ गते हुने उक्त शिविरमा वरिष्ठ मृगौला विशेषज्ञ तथा अन्य विशेषज्ञ डाक्टरहरुले नि:शुल्क ब्लड सुगर परिक्षण, नि:शुल्क पिसाव (Urine) परिक्षण, रक्तचाप परिक्षण, B.M.I.(बिएमआई) परिक्षण नि:शुल्क गर्ने छन् ।

डा. रिजालका अनुसार यसै दिन मै विशेषज्ञ डाक्टरको सल्लाह अनुसार अन्य जाँचहरु गर्नु परेमा विशेष छुटका साथ उपलब्ध गराईने छ ।