
धादिङ साउन १६ । धादिङका युवा राजन लम्सालको नेतृत्वमा संकलन गरेको नगद सहितको सामाग्री बाढी पिडितहरुलाई हस्तान्तरण गरिएको छ ।
राहत सामाग्री लिएर रौतहट पुगेको लम्सालको नेतृत्व टेलीले मंगलबार दुर्गा भगवती ४ रौतहटका बाढी पिडितहरुलाई हस्तान्तरण गरेको हो ।
सानै उमेरमा सामाजिक काममा उत्साहित रहने लम्सालले सुरुगरेको बाढीपिडितलाई सहयोग संकलन कार्यलाई अस्मिता श्रेष्ठ, मनिश श्रेष्ठ, धर्मेन्द्र श्रेष्ठ, अनु लम्साल, अशोक धमला, सरोज श्रेष्ठ, रवि भट्टराई लगायतले सहयोग गरि १ लाख ६ सय ३५ रुपैया र ४० बोरा चामल संकलन गरेको थिए । उनीहरुले उक्त संकलित नगद सहितको सामाग्री रौतहट पुगी पिडितको हातमा थमाएका छन् ।

