
धादिङ साउन १५ । नेपालीहरुले आज खीर खाएर साउन १५ गते मनाउँदै छन् । दुग्ध डेरीहरुमा बिहानै देखि दुध लिन आउनेहरुको भिड लागेको छ ।
परापूर्वककाल देखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न साउन १५ गतेलाई खीर खाने दिनको रुपमा प्रचलनमा ल्याएको पाईन्छ ।
नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद्हरु बताउछन् ।
हिन्दू धर्मावलम्वीहरुका लागि साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् ।
गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोषिला परिकारहरू, खासगरी खीर खाने चलन छ । यससँगै मौसमी फलफूल र मसला पनि खाने गरिन्छ ।

