अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसमा वक्तृत्वकला सम्पन्न

Avatar photo
Dhadingpost
साउन १४, २०७६

धादिङ साउन १४ । धादिङबेसी स्थित अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्ध दिवसको अवसरमा एड्भान्स एकेडेमीले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

एड्भान्स एकेडेमीको नेपाली र अङ्ग्रेजी विभागद्वारा कक्षा प्ले ग्रुपदेखि दश सम्मका विद्यार्थीहरूले भाग लिएको कक्षागत वक्तृत्वकला प्रतियोगिता मंगलबार सम्पन्न गरेकोे हो ।

अन्तर्राष्ट्रिय मानव बेचबिखनको जानकारी सँगै विद्यार्थीको बोलाई सिपको विकासका लागि टेवा पुर्याउने उद्धेश्य अनुरुप उक्त प्रतियोगिता गरिएको एशोसियट प्रिन्सिपल भिमबहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।

प्रतियोगितामाप्रत्येक कक्षाबाट एकएक जना उत्कृष्ट बक्तालाई पुरस्कृत गरिएको थियो, जसमा कक्षा एककी छात्रा जीया श्रेष्ठ, कक्षा दुईकी छात्रा युना गुरुङ, कक्षा तीनबाट छात्रा आरोही ढुङ्गाना, कक्षा चारकी छात्रा संज्ञा शर्मा, कक्षा पाँचका छात्र नवीन थापा, कक्षा छ बाट छात्रा प्रसिध्द नेपाल, कक्षा सातका छात्रा रामचन्द्र रोक्का, कक्षा आठका छात्र समीता घले, कक्षा नौ की छात्रा वर्षा ढकाल र कक्षा दसबाट छात्रा दीपा कोइराला प्रथम भएका थिए ।