आउ संगी तीज गीत सार्वजनिक (भिडियो समेत)

Avatar photo
Dhadingpost
साउन १३, २०७६

काठमाडौं साउन १३ । । गीतकार तारा अधिकारीको तीज गीत आउ संगी सार्वजनिक भएको छ ।

निकेश राई र कविता श्रेष्ठको स्वर रहेको गीतमा रमेश कडरियाको संगीत, सुमन केसीको संगीत संयोजन रहेको गित यूटुव मार्फत सार्वजनिक भएको हो ।

गीतको भिडियोमा सागर लोप्चन, दिपसिखा अधिकारी लगायत अन्यले कम्मर मर्काएका छन् । भिडियोको छाँयाकन रामेश्वर हुँमागाईले गरेका छन् ।

गीतमा सिता राईको कोरियाग्राफी रहेको भिडियोमा सम्पादन नहकुल खड्को छ । तारा अधिकारीले यो भन्दा अघि आधुनिक गीतमा कलम चलाउँदै आएकी थिइन् । उनी चाँडै नै आधुनिक गीतको एल्बम बजारमा ल्याउने तयारीमा छिन् ।

भिडियो

https://www.youtube.com/watch?v=67979w1nvVY