धादिङका राजन लम्सालको पहलमा उठ्यो सहयोग

Avatar photo
Dhadingpost
साउन १३, २०७६

धादिङ साउन १३ । धादिङका युवा राजन लम्सालको सक्रियतामा तराईका बाढी पहिरो पीडितलाई आर्थिक संकलन गरिएको छ ।

लम्सालले धादिङबेसी सदरमुकाम, राजमार्ग आसपास पुगेर तराईका बाढी पिडितका लागि १ लाख ६ सय ३५ रुपैया नगद संकलन गरेका हुन् ।

हामी उठेको रकम बुधबार बाढी प्रभावित क्षेत्र जाने तयारीमा छौं । आर्थिक संकलनका लागि धादिङबेसीका विभिन्न सामाजिक कार्यकर्ताहरुले महत्वपूर्ण भुमिका निर्वाह गरेको युवा राजन लम्साले धादिङपेष्टलाई बताए ।

समाज सेवा नै सबै भन्दा ठुलो धर्म हो, विपदको बेलामा एकजुट हौं भन्ने मुल नाराका साथ सुरु गरिएको आर्थिक संकलनका लागि सुरुदेखि अन्तिम सम्म अस्मिता श्रेष्ठ, मनिश श्रेष्ठ, धर्मेन्द्र श्रेष्ठ, अनु लम्साल, अशोक धमला, सरोज श्रेष्ठ लगायतले सहयोग गरेका थिए ।

राजन लम्सालका अनुसार युवाहरु आर्थिक संकलनमा दिनरात खटे सँगै प्रभावित बनेका अशोक धमलाले आफुपनि अभियानमा जोडिने भन्दै काठमाडौंमा ४० बोरा चामल संकलन गरेका थिए ।