
धादिङ साउन १२ । धादिङमा केहि केहि दिन यत्रा अवैध रुपमा खोलामा एक्साभेटर प्रयोग गरि बालुवा झिक्ने गतिविधि बढे सँगै स्थानियले दुई वटा एक्साभेटर नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।
स्थानियले धादिङको गजुरी गाउँपालिका वडा नं ६ दरियाल खोलामा अवैध रुपमा बालुवा निकाल्दै गरेको दुईवटा एक्साभेटर नियन्त्रणमा लिई आईतबार दिउँसो प्रहरीलाई बुझाएका हुन् ।
शुक्रबार राती दरियाल खोलामा बालुवा निकाली रहेको २२० लेखिएको हुण्डाई कम्पनीको एक्साभेटर सहित चालक काजी थापालाई प्रहरीले लिएको थियो । फेरि आज दिनको ११ बजे नै खोलामा एक्साभेटर प्रयोग गरि अवैध बालुवा लिकालेको देखेपछि स्थानियहरु आक्रोसित बन्दै मेशिन नियन्त्रणमा लिई प्रहरीलाई बझाएका थिए ।
जिल्लामा अवैध रुपमा संचालनमा आएका बालुवा खानी बन्द गराउन असफल स्थानिय सरकार र प्रदेश सरकारलाई नै चुनौती खडा गरि स्थानियहरु नै बालुवा तस्कर विरुद्ध उत्रिएका हौ एक स्थानियले बताए ।
शनिबार मात्र विप्लव माओवादीले विज्ञप्ती निकालेर अवैध बालुवा खानी संचालक र खोलामा डोजर लगाउनेलाई प्रशासनले कार्वाही नगरे हामी गर्छौं भनेकोले थप हिंसात्मक गतिविधि नहोस भनेर हामी स्थानियहरुले नै एक्साभेटर नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको ति स्थानियले बताए ।

